युवाको आवाज के छ, बोल्न दे सरकार

54

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सदनले युवाहरूको आवाज सुन्नुपर्ने जनाएकी छन्।

सरकारले सदनमा पेस गरेको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनसम्बन्धी विधेयकप्रति लक्ष्य गर्दै उनले युवाहरूको आवाज सदन र सांसदले सुन्नुपर्ने जनाइन्।

‘अब सबै सांसदले युवाको आवाज बोक्नैपर्छ, आफ्नो पार्टीमा भए पनि नभए पनि सुन्नैपर्छ,’ प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले भनिन्, ‘युवाको आवाज के छ, बोल्न दे सरकार।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here