राष्ट्रिय पुनर्जागरण अभियानको जिल्ला विस्तार

238

 रुपन्देही / राष्ट्रिय पुनर्जागरण अभियान नेपालको रुपन्देही जिल्ला स्तरीय भेला सम्पन्न भएको छ। देशको बिग्रँदो परिस्थितिका कारणहरु र यसको समाधानको उपायका बारेमा र जिल्ला समिति गठनमा यहि अषाढ ७ गते शनिवार जिल्लाका प्रतिनिधिहरुको उपस्थितिमा  भेला सम्पन्न भएको थियो।

१२ बुँदुे समझदारी नेपालको राज्य ब्यबस्था प्रणालीका खराब विशेसताहरु, बर्तमान संकटका कारणहरू, दासढुंगा र दरबार हत्याकाण्ड जस्ता षडयन्त्रहरु, नेपालको सार्वभौमिकताहरु समाप्त पर्ने योजनामा दिल्लीमा गराईएको १२ बुँदे समझदारी तथा लोकतन्त्रको नाममा भैरहेको षडयन्त्रका बारेमा चर्चा गर्दै नेपालको मौलिकता र नेपाली आबश्यकता अनुसारको राज्य प्रणाली विकास नगर्दा सम्म र स्वदेशी दृस्टिकोण, विचार, मूल्य, मान्यता र अवधारणाहरु नबनाउँदासम्म देश संकटबाट बाहिर निस्कन जोड दिइएको छ।

राष्ट्रिय पुनर्जागरण अभियान नयाँ भिजनमा आधारित बेग्लै प्रकारको पाठशाला हो । नेपालको संकट २००७ सालदेखि अनवरत रुपमा चलेको समस्या पुनरुत्पादनको चक्र, जनताको परिवर्तनप्रतिको आकांक्षालाई रोक्ने उद्देश्यले राज्यसत्ताको आधारभूत चरित्रलाई कायम राखेर शासन प्रणालीका आवरणहरुमा गरिदै आएका जालसाजिपुर्ण हेरफेरहरु र राष्ट्रियताको प्रश्नले सत्ता राजनीतिमा कहिल्यै स्थान नपाएको तथ्य ध्यानमा राखि यस अभियानले यी सबै समस्याहरुको जडमा राज्यको नव-औपनिवेशिक दुरावस्था जिममेवार रहेको निष्कर्ष निकाल्दै यसको अन्त्य गरी सर्वाङ्गिन दृस्टिकोणको आधारमा कल्याणकारी समाजवादी व्यवस्था निर्माण गर्ने र विकासको माध्यमबाट देशलाई स्ववलम्वन र समृद्दिको बाटोमा लैजाने अवधारणा अघि सारेको छ। यसर्थ, यो एउटा बृहत सामाजिक आन्दोलन हो। नेपालको माटो, हावापानी, सभ्यता, सस्कृति, जनजीबन र प्रकिति अनुसारको सबै नेपालीको छतका रुपमा राष्ट्रिय विचारधाराको विकास गर्नु यसको प्रमुख अभिस्ट हो।

आभियानले देश सामान्य समस्यामा नरहेर संकटको अबस्थामा रहेको, यो संकट पूर्ण रुपमा बिदेशीहरुबाट थोपरिएको, संकटको कारण अन्तरास्ट्रिय शक्ति संघर्षसंग जोडिएको र यसको समाधनका लागी जगैबाट पुनर्जागरण आन्दोलनको आबश्यकता रहेको ठहर गर्दै, भेलाले डा.कृष्ण जैसीको संयोजकत्वमा २२ सदस्यीय रास्ट्रिय पुनर्जागरण अभियान नेपाल जिल्ला कमिटि रुपन्देही गठन गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here