जनार्दन शर्माले गृहमन्त्रीलाई सोधे – मुठभेडमा मारिएका भए कुमार पौडेलका हात ६/७ ठाउँमा कसरी भाँचिए ?

182

काठमाडौं / सत्तासिन नेकपाका नेता जनार्दन शर्माले विप्लव नेतृत्व (नेकपा)का सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्युको सम्बन्धमा प्रहरीको रिपोर्ट र गृहमन्त्रीले दिएको जवाफमा विश्वास गर्न नसकिने भन्दै हत्याको घटना गम्भीर भएको जनाएका छन्। गृहमन्त्रीले पौडेल मुठभेडमा मारिएको दावी गरे पनि जनताको रिपोर्टले त्यस्तो नभन्ने उनको तर्क छ ।

संसदको राज्य व्यवस्था समितिको सोमबारको बैठकमा गृहमन्त्री थापाले पौडेल प्रहरीसँगको मुठभेडमै मारिएको जवाफ दिएका छन् । नेकपाका सांसद नेता शर्माले भने निर्ममतापूर्वक पौडेलको हत्या भएको दाबी गर्दै आएका छन् । उनले  भने – ‘प्रहरीको रिपोर्टले मुठभेडमा कुमार पौडेलको मृत्यु भयो भन्छ । तर जनताको पनि रिपोर्ट छ, त्यसले मुठभेडमा पौडेलको मृत्यु भएको भन्दैन ।’

विप्लव नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाउनसमेत आवश्यक नरहेको समेत नेता शर्माले अभिव्यक्ति दिएका छन् । शर्माले गृहमन्त्रीलाई सोधे – मुठभेडमा मारिएका भए कुमार पौडेलका हात ६/ ७ ठाउँमा कसरी भाँचिए ? गोली लागेर मारिएको व्यक्तिको हात ६-७ ठाउँमा भाँचिएको पाइएकाले विश्वस्त हुन नसकिने उनको भनाइ छ । उनले सरकारले संविधानको पालना र मानव अधिकारको रक्षा गर्नुपर्नेमा जोड दिए ।

यो पनि पढ्नुहोस् :

http://swaviman.com/news/2019/06/24/41272.phtml

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here