सार्क र बिमस्टेक एक अर्काका प्रतिस्पर्धी होइनन

208

काठमाडौ, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले सार्क र बिम्स्टेक एक अर्काका प्रतिस्पर्धी नभएको बताएका छन् । सोमबार संसदमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवादीले सार्कको स्थगित शिखर सम्मेलनलाई सञ्चालन गर्न वातावरण सहज बनाउन नेपालले पहल गर्ने बताउँदै यी दुई क्षेत्रीय मञ्चलाई एक अर्काका प्रतिस्पधी नभई परिपुरकको विकास गरिने बताए ।

सार्कको स्थगित शिखर सम्मेलन नेपालले मात्र चाहेर आयोजना गर्ने अवस्था नभएको भन्दै उनले भने, ‘हामी आसावादी छौँ सबै मुलुकले आफ्ना मतभिन्नतालाई कम गर्दै लैजानेछन् ।’

परराष्ट्रमन्त्री ज्ञवालीले इन्डोप्यासिफिक रणनीतिबारे धेरै चिन्ता लिन आवश्यक नरहेको बताएका छन् । ज्ञवालीले इन्डो प्यासिफिक अमेरिकी सरकारको नीति भएकाले उसले यसलाई आफ्नो ढंगले विश्लेषण गर्ने र नेपालले आफ्नै ढंगले विश्लेषण गर्नुपर्ने बताए । ‘हामीले राजहासले जस्तै दुध र पानी छुट्टयाउन सक्छौँ । नेपालसँग त्यो क्षमता हुनुपर्छ र त्यो छ पनि । यसमा धेरै तनाव लिन आवश्यक छैन,’ प्रश्नको जवाफ दिँदै उनले भने ।

ज्ञवालीले अमेरिकासँग ७२ वर्षदेखि सुमधुर सम्बन्ध रहँदै आएको भन्दै नेपाल कुनै प्रकारको सैन्य गठबन्धनमा संलग्न नहुने बताए । यो विषय संविधानको मर्मसँग मेल नखाने र असंलग्नता, पञ्चशीलको सिद्धान्त र विश्व शान्तिको मान्यता प्रतिकुल हुने भएकाले कुनै प्रकारको सैन्य गठबन्धनमा आवद्ध नभएको र नहुने उनको भनाई थियो । नेपालस्थित विदेशी कुटनीतिज्ञले भियना सन्धिको पालना गर्नुपर्छ भन्दै उनले आन्तरिक मामिलामा कुनै पनि प्रकारको हस्ताक्षेप स्वीकार्य नभएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here