अफिमसहित दुई युवा पक्राउ

191

दाङ / साढे २ किलो लागु औषध अफिमसहित प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोल्पाको माडी गाउँपालिका वडा नं २ घर भइ हाल दाङको घोराही उपमहानगरपालिका वडा नं १४ पुरानो बसपार्कमा बस्दै आएका ३० बर्षीय नरेश बुढा र घोराही वडा नं ११ निवासी २१ बर्षीय शुकलाल विक छन्।

घोराहीको बस पार्क क्षेत्रमा लागु औषधसहित दुई युवा हिडिरहेको भन्ने गोप्य सूचनाको आधारमा ५ नं प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङको विषेश व्यूरो र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई बिहीबार बिहान १ बजेतिर पक्राउ गरेको थियो। जिल्ला प्रहरी प्रबक्ता एवं डिएसपी विनोद विक्रम शाहले पक्राउ परेकाहरु विरुद्ध आगु औषध नियन्त्रण ऐन अन्तरगत मुद्दा दायर गरी आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here