‘सानो मन’ चलचित्र रिलिज मिति फेरियो

215

काठमाडौं / अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको रोमान्स रहेको चलचित्र ‘सानो मन’को रिलिज मिति फेरिएको छ । २० असारबाट देशभर प्रदर्शनमा आउने भनिएको यो चलचित्र एकसाता पछि सरेर २७ असार पुगेको छ । चलचित्र अझ राम्रो बनाएर दर्शकमाझ ल्याउन एक सातापछि रिलिज सारिएको निर्माता राजेन्द्र मानन्धरले जानकारी दिए ।

‘प्राविधिक पाटोमा काम गर्न समय अपुग भएकोले रिलीज मिति सारिएको हो’ निर्माता मानन्धरले भने, ‘हतारमा नराम्रो चलचित्र रिलीज गर्नुभन्दा प्राविधिक सुधार गरी एक हप्ता ढिलो ल्याउन लागेका हौं ।’ आयुष्मान र शिल्पाको अलवा चलचित्रमा सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

सांगीतिक प्रेमकथामा आधारित यो चलचित्र सुयोग गुरुङले निर्देशन गरेका हुन् । यो उनको डेब्यू निर्देशनमा तयार भएको चलचित्र हो । सुयोग गुरुङ र मिलन श्रेष्ठको सम्पादन रहेको यो चलचित्रमा भिएफएक्स नगेश कँडेलले गरेका छन् । समिर सुनवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको चलचित्रलाई आलोक शुक्लाले छायांकन गरेका छन् ।

ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको सानो मनलाई संयुक्त ब्यानरमा निर्माण भएको फिल्मको काठमाडौं, भैरहवा, बैंकक लगायतका ठाउँहरुमा छायांकन भएको हो । यसका निर्माता योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here