९ कक्षाका १५ बर्षीय पुस्कर सुनारलाई गिरफ्तार

358

सल्यान / सल्यानका कुमाख गाउपालिका ६ बडागाउँका प्रहरीले १५ बर्षिय पुस्कर सुनारलाई प्रहरीले गिरफ्तार गरेको छ ।

श्री जनकल्याण आधारभूत विद्यालय कोट बडागाउँमा कक्षा ९ मा अध्ययनरत छोरा पुस्करलाई विहानै घरबाट गिरफ्तार गरेको उनका बुबा वीर बहादुर सुनारले जानकारी दिनु भयो । छोरालाई घरमा विहानै प्रहरी आएर लिएको छ अध्ययन गर्ने छोरोलाई विहानै एक्कासी प्रहरीले गुण्डागर्दी शैलीमा गिरफ्तार गरेको भन्दै बुवा सुनारले त्यस्तो नगर्न अनुरोध गरेका थिए ।

उनले हिजोको जस्तो दलितलाई हेप्ने कमजोर हुनुुपर्ने व्यवस्था बदल्न भनेर हिडेर हामीलाई प्रयोग गरेकाहरु नै अहिले दमनमा आएर प्रहरी परिचालन गरेको भन्दै दुःख पोखेका छन् । प्रश्न गर्दै भन्छन् के हामी दलितका छोराछोरी फेरी कथित साहुमहाजनकै दास बन्नुपर्ने हो ? हामीसंगको टेलिफोन कुराकानीमा बुबा वीर बहादुरले भने –“स्कुल जान्थ्यो, पढ्थ्यो, स्कुलमा अरु के गथ्र्यो हामीलाई थाहा छैन, विद्यार्थी संगठनमा थियो रे, के लोकतन्त्रमा संगठनमा बस्ने अधिकार छैन र ?” उनि भन्छन गणतन्त्र ल्याउन पनि मेरै छोराहरु लडे त्यो बेला पनि पढ्न पाएनन् आज पनि पढ्दापढ्दै छोरालाई प्रहरी पक्रेर लग्यो । बालखै छोरा हो प्रहरी गिरफ्तारले गर्यो ।

मेरै छोराहरु घाइते बनेर आजकोे यो व्यवस्था ल्याए, प्रचण्डबादल सत्तामा पुगे फेरी मेरै छोरालाई बलिको बोको बनाइदैछ यो कस्तो व्यवस्था हो ? उनले व्यवस्थाप्रति नै प्रश्न गरेका छन् । १५ बर्षका पुस्कर सुनार विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठनमा आवद्ध थिए । उनलाइ त्यसकै कारण पक्राउ गरिएको हुनसक्ने आफन्तले जनाएका छन् । उनलाई पक्राउ गर्नुको कारण सोध्दा इलाका प्रहरी कार्यालय रागेचौरले सोधपुछका लागि ल्याइएको र जिल्ला पठाइएको जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here