काठमाडौं / गर्मीयाममा लामखुट्टेले टोक्नु स्वभाविक हो । त्यसमा पनि लाम खुट्टे परजीवि भएका कारण अरुको रगत चुसेर आफ्नो ज्यान पालेको हुन्छ ।
प्रायः कस्ता मानिसलाई टोक्छ भन्ने जिज्ञाशा हुन सक्छ ? विभिन्न जर्नलमा प्रकाशित भएको एक अध्ययन अनुसार के पत्ता लागेको छ भने लामखुट्टेले रक्त समूह ‘ओ’ भएकालाई, गर्भवतीलाई र जसको शरीरमा लामखुट्टेको म्याग्नेट हुन्छ उसैलाई बढी टोक्ने गर्दछ । ‘ओ’ रक्त समूहका मानिसलाई अन्य रक्त समूहका मानिसको तुलनामा बढी टोक्छ गर्छ । लामखुट्टेलाई ओ पछि ए, बी र अन्त्यमा एबी रक्त समूहलाई टोक्छ । त्यसैगरि महिलाहरुलाई लामखुट्टेले पुरुषको तुलनामा कम टोक्छ । त्यसमध्ये बालिका र वयष्क महिलाको तुलनामा गर्भवती महिलाहरुलाई लामखुट्टेले बढी टोक्ने गर्छ । बढी ऊर्जा खर्चिने मानिसमा बढी लामखुट्टे आकर्षित हुने अध्ययनले देखाएको छ ।
त्यसैगरी ‘मस्क्युटो म्यागनेट जिन’ भएको मानिसलाई लामखुट्टेले बढी आक्रमण गर्छ । मानिसमा हुने ह्युमन ल्युकोसाइट एन्टिजेनले मानिसमा बढी लामखुट्टे आकर्षित गर्छ । यी जिनले मानिसको शरिरबाट आउने गन्धलाई नियन्त्रण गर्छन् । मानिसले निस्काशन गर्ने रसायनयुक्त गन्धका कारण लामखुट्टे बढी आकर्षित हुन्छ।
















