पुर्ख्यौली थलोमा ‘हली’ बने बाबुराम

179

काठमाडौं– कृषिप्रधान देश नेपालमा वर्षमा एक दिन हिलोमा पस्नै पर्ने मान्यता छ। यही मान्यतलाई पछ्याउँदै पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका राष्ट्रिय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई रोपाईँ महोत्सवमा सहभागी भएका छन् ।

उनी गोरखाको पालुङटार नगरपालिकास्थित खोप्लाङ– ज्योतिचौरमा रहेको आफ्नै खेतमा रोपाईँ गर्न पुगेका हुन् ।

जहाँ भट्टराई अरु किसानसँगै रोपाईँ कार्यक्रममा सहभागी भए । भट्टराईले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेको फोटोमा उनी खेतमा गोरु साउँदै गरेका देखिन्छन् भने कालो ह्याट, हाफ बाहुले कमिज र कट्टुमा हिलाम्मे देखिन्छन् ।

भट्टराईले आफ्नो फेसबुकमा हो हो तारे हो हो ! हो हो माले होहो ! भन्दै असारे कामको रमाइलो माहोला झल्किने फोटो राखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here