भक्तपुर हत्याकाण्ड : आमाको हत्या गर्न छोरीले दिईन् १२ लाखको सुपारी

329

काठमाडौं– भक्तपुरमा भएको सावित्री भट्टराईको हत्यामा संलग्न चार जना पक्राउ परेका छन् ।

चाँगुनारायण नगरपालिका वडा नं ७ बाँसबारी डेरा गरेर बस्दै आएकी सिन्धुपाल्चोककी ६० वर्षीया साबित्री भट्टराईको आइतबार बिहान हत्या भएको थियो।

महानगरीय प्रहरी अपराध महाशाखाले सोमबार हत्यामा संलग्न चार जनालाई सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा मोहम्मद नौसाद, अर्जुन कुमार भन्ने भोला कुमार, मोहम्मद रहिश र मृतक सावित्रीकी छोरी ईश्वरी भट्टराई रहेका छन् ।

प्रहरी अनुसन्धानमा सावित्रीको हत्या उनकी छोरीले प्रेमीको सहयोगमा योजनाबद्ध ढङ्गले गरेको खुलेको छ । हत्यामा संलग्न भट्टराईका प्रेमी मोहम्मद नौसादलाई प्रहरीले आइतबार राती धादिङको गजुरीबाट पक्राउ गरेको हो ।

हत्या हुनुको कारण छोरी उनका प्रेमीबीचको ‘सम्बन्ध’ रहेको प्रहरीले जनाएको छ ।

‘छोरी र उनको प्रेमीबीचको सम्बन्ध आमाले थाहा पाएपछि त्यो बाहिर आउने डरले हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको अपराध महाशाखाले जनाएको छ ।

ईश्वरीले प्रेमी नौसादसँग सल्लाह गरी आमालाई मार्न १२ लाखको सुपारी दिने सहमति गरेका थिए । सहमतिपछि प्रेमी मोहम्मद र अर्जुन कुमार मिलेर भारतबाट मोहम्मद रहिशलाई नेपाल बोलाइ उनीहरुले चक्कु प्रहार गरेर सावित्राको हत्या गरेको खुलेका महाशाखाले जनाएको छ ।

पक्राउ परेकामाथि ज्यान मुद्दामा म्याद थपेर विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here