विश्वविद्यालयका पदाधिकारीलाई प्रधानमन्त्री ओलीको निर्देशन

79

 काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय नीति र योजनाअनुसार विश्वविद्यालयले नीति, कार्यक्रम र योजना अघि सारेर समृद्धिको लक्ष्यलाई सघाउनुपर्नेमा जोड दिँदै प्राविधिक शिक्षाको प्राथमिकताका आधारमा नीति ल्याउन विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ ।

पोखरा विश्वविद्यालयको २० औँ साधारणसभालाई सम्बोधन गर्र्दै विश्वविद्यालयका कुलपति प्रधानमन्त्री ओलीले राष्ट्रिय नीति र योजनानुसार विश्वविद्यालयले नीति, कार्यक्रम र योजना अघि सारेर समृद्धिको लक्ष्यलाई सघाउनुपर्नेमा जोड भएको हो ।

विश्वविद्यालयका पदाधिकारीलाई उहाँले निर्देशन दिँदै भन्नुभयो, ‘अन्धाधुन्ध सम्बन्धन नदिनुस् । जहाँ नाफा हुन्छ, त्यहाँ कलेज खोल्ने होइन, कहाँ के विषय आवश्यक छ भन्ने आधारमा निर्णय गर्नुस् । शिक्षाशास्त्रको स्वीकृति माग्न आए नदिनुस् । सम्झाएर पठाउनुस् । अर्को विषय पढ्न भन्नुस् । प्राविधिक विषयमा जानुस् ।’  कतिपय विश्वविद्यालयले आर्थिक चलखेलका आधारमा आवश्यकताको पहिचान नगरी सम्बन्धन दिएको पाइन्छ ।

उहाँले भन्नुभयो, ‘मुलुकको विकास गर्ने जनशक्ति बाहिर गइरहेको छ । देशमा काम पाएको छैन । पाए पनि सीप र क्षमता छैन । त्यसकारण हामीसँग भएको जनशक्तिलाई कस्तो प्रकारको सीप र शिक्षा दिने भन्ने योजना विश्वविद्यालयले बनाएर त्यहीँबाट कार्यान्वयन सुरु गर्नुपर्छ । ‘

प्रधानमन्त्री ओलीले शासकहरूमा दृष्टिकोण अभाव हुँदा नेपाल केही समय पछि परे पनि अब यो अवस्था लामो समय रहँदैन भन्नुभयो । उहाँले देशको आवश्यकता र शिक्षाको तादात्म्यता नमिल्दा शिक्षित जनशक्ति पनि बेरोजगार बन्नुपरेको जनाउदै मुलुकको आवश्यकता र श्रम क्षेत्रको पहिचान हुन नसक्दा शिक्षामा गरिएको लगानी र समय खेर गएको चर्चा गर्नुभयो ।

 उहाँले विश्वविद्यालयले पनि नयाँ शैक्षिक संस्थालाई सम्बन्धन दिँदा मुलुकको आवश्यकता र रोजगारीको अवस्थालाई विचार गरेर सम्बन्धन दिनुपर्ने जनाउनुभयो ।

‘खेत बेचेर पाइलट बनेका छन् तर हवाईजहाज छुन पनि पाउँदैनन् । पढेको प्रमाणपत्र काम नलागेपछि ऊ समाजमा हेपिन्छ,’ मुलुकका शैक्षिक बेरोजगारी र जनशक्ति प्रक्षेपणबीचको तालमेल नमिलेकामा लक्ष्य गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभयो, ‘हलो जोतेर खाने खेत पनि छैन । हवाईजहाज पनि छैन । ‘ पाइलटका लागि मुलुकमा आवश्यकभन्दा बढी जनशक्ति भएकाले उनीहरूले तत्कालै रोजगारी नपाउने स्थिति भएको प्रधानमन्त्री ओलीको जिकिर थियो ।

शिक्षाशास्त्र धेरैले पढे पनि उत्पादित जनशक्ति शिक्षण पेसामा खपत नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘तालिमहरू दिँदा कामसँग जोडेर दिनुपर्छ । रोजगारी, उत्पादन र आवश्यकतासँग नजोडिएको शिक्षा काम लाग्दैन । काम लाग्ने दक्ष जनशक्ति उत्पादनमा हाम्रा विश्वविश्वविद्यालयहरू लाग्नुपर्छ । ‘

प्रधानमन्त्री ओलीले विश्वविद्यालयका पदाधिकारीलाई उहाँले निर्देशन दिँदै भन्नुभयो, ‘अन्धाधुन्ध सम्बन्धन नदिनुस् । जहाँ नाफा हुन्छ, त्यहाँ कलेज खोल्ने होइन, कहाँ के विषय आवश्यक छ भन्ने आधारमा निर्णय गर्नुस् । शिक्षाशास्त्रको स्वीकृति माग्न आए नदिनुस् । सम्झाएर पठाउनुस् । अर्को विषय पढ्न भन्नुस् । प्राविधिक विषयमा जानुस् । ‘

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here