सङ्घर्षका कार्यक्रम सार्वजनिक गर्दै विप्लव नेकपा

285

काठमाडौं / विप्लव नेतृत्वको नेकपाले सरकार विरुद्ध सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको छ । सङ्खुवासभा जिल्लाको सिलिचुङ १ सिसुवाटार होङ्लामा जनताको घरमा बास बसिरहेका नेकपाका नेता–कार्यकर्तामाथि प्रहरीले अन्धाधुन्द गोली प्रहार गरेको थियो । प्रहरीले हतियारसहित प्रहरी गाउँ गाउँमा पसेर स्थानीयलाई तर्साउने काम गरिरहेको छ । यसअघि पनि प्रहरीले सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको हत्या गरेको थियो ।

भोजपुर,संखुवासभा,सोलुखुम्बु लगायतका जिल्लामा प्रहरीले सर्च अभियान थालनी गरेको छ । नेकपाले सङ्खुवासभा जिल्लाको सिलिचुङ १ मा शान्तिपूर्ण राजनीतिक कार्यक्रमकालागि जनताको घरमा बास बसिरहेका नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तामाथि सरकारले प्रहरी परिचालन गरी तीव्र दमन गरेको विरोधमा यही असार १९ र २० गते सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

सङ्घर्षका कार्यक्रम अन्तर्गत असार १९ र २० गते देशव्यापी रूपमा मशाल जुलुस निकाल्ने र २१ गते देशव्यापी विशाल जनप्रदर्शन गर्ने निर्णय भएको जानकारी नेकपाको केन्द्रीय कार्यालयले दिएको छ ।

सरकारले असार १६ गते उक्त घटनामा नेकपातर्फ क्षति नभए पनि सरकारी दमन तीव्र बन्दै गएपछि नेकपाले त्यसकाविरुद्ध सङ्घर्ष घोषणा गरेको हो । सरकारले जेठ ७ गते भोजपुरमा तीर्थ घिमिरे ‘राजु’ र असार ५ गते सर्लाही इन्चार्ज कुमार पौडेललाई गिरफ्तारपछि हत्या गरेको थियो ।

सरकारी दमन र हत्याको देशव्यापी विरोध भइरहेको सन्दर्भमा प्रहरीले संखुवासभा, कालीकोटलगायत जिल्लामा व्यापक दमन सुरु गरेको छ । प्रहरी दमन र ज्यादती विरुद्ध शशक्त आन्दोलनमा सहभागी बन्न नेकपाले पार्टी पक्ति लाई निर्देशन दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here