अन्तिम संस्कार क्रममा जिवित भए युवक

70

एजेन्सी / भारतको उत्तरप्रदेशको राजधानीमा एक युवक मृत घोषित भएको लाशलाई चिहानमा शवलाई गाड्ने क्रममा परिवारका केही सदस्यले लाश शरीरमा हलचल गरेको देखेका थिए । अन्तिम संस्कारको प्रक्रिया तत्काल रोकेर उनलाई अस्पताल पुर्याइएपछि उपचार भइरहेको छ ।

दाइका अनुसार, ‘यो अप्रत्याशित हो’ वास्तवमा २० वर्षका मोहम्मद फुरकान २१ जुनमा एक दुर्घटनामा घाइते भएका थिए । त्यसपछि उनलाई नीजि अस्पतालमा भर्ना गरियो । डाक्टरले उनलाई सोमबार मृत घोषित गरेका थिए । उनलाई एम्बुलेन्समार्फत् उनको घर पुर्याइयो । भाइको यस्तो अवस्थालाई दाइ मोहम्मद इरफानले यसलाई अप्रत्याशित जनाएका छन् । उनले, ‘परिवारलाई विश्वास भइरहेको छ । हामीले हाम्रो भाइ फिर्ता पायौं ।’

उनले भने, ‘भाइको उपचारका लागि निजी अस्पताले परिवारसँग सात लाख भारु लिइसकेका थिए । जब हामीले उनलाई हामीसँग पैसा नभएको जनायौं त्यसपछि सोमबार फुरकानलाई मृत घोषित गरियो । अहिले उनलाई भेन्टिलेटर सपोर्टमा राखिएको छ ।’

लखनउका मुख्य मेडिकल अधिकारी नरेन्द्र अग्रवालले भने, ‘हामीले मामलाबारे जानकारी लिँदै यसको अनुसन्धान थालेका छौं ।’  फुरकानको उपचार गरिरहेका डाक्टरले भने, ‘बिरामीको स्थिती गम्भीर छ तर उनी निश्चित रुपमा ब्रेन डेड छैनन् । उनको नाडी, रक्तचाप र दिमागले काम गरिरहेको छ । उनलाई भेन्टिलेर सपोर्टमा राखिएको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here