चिलीको बाधक पेरु, ह्याट्रिक गर्ने सपना चक्नाचुर

64

एजेन्सी / लगातार तेस्रो पटक कोपा अमेरिकाको उपाधि जित्ने सपना बुनेको चिलीको सपना चक्नाचुर भएको छ ।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा चिलीलाई पेरुले 0-३ गोलले हराउन सफल भयो । अब उपाधिका लागि ब्राजिलसँग खेल्ने भएको, जो अर्जेन्टिनालाई हराएर फाइनल पुगेको छ । चिलीको घरेलु मैदानमा भएको खेलमा पेरुले २१ औं मिनेटमा इडिसन फ्लोरेसले पहिलो गोल गरेको थियो । ३८ औं मिनेटमा योसिमार योतुनले दोस्रो गोल गर्दै पहिलो हाफमा पेरुलाई २–० ले अगाडि रह्यो । उसका लागि अन्तिम गोल भने इन्जुरी टाइममा पाउलो गोरेगोले गरे । फाइनल खेल आइतबार रियो दि जिनेयियामा हुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here