अलकत्राको खाल्डोमा खसेको व्यक्ति उधार गर्न चिकित्सकलाई हम्मे हम्मे

128

एजेन्सी / संसारमा अनौठा अनौठा घटना घट्ने रहेछ घटना रुसको हो  च्यापच्याप परेको अलकत्राको खाल्डोमा खसेको व्यक्ति उधार गर्नलाई चिकित्सकलाई हम्मे हम्मे भयो यस घटना रुसको पश्चिम भागमा भएको हो । अलकत्रा बनाउने कारखानामा हिँड्ने क्रममा एक्कासी चिप्लिएर खाल्डोमा एक व्यक्ति खसेका छन् । व्यक्तिलाई बटुवाहरूले उद्धार गर्न सफल भयो ।

अलकत्राको ठूलो खाल्डोमा खस्ने पुगेका ३३ वर्षीय ती व्यक्तिको नाम खुलाइएको छैन । च्यापच्याप परेको अलकत्राबाट निस्कन नसकेपछि उनले बटुवाहरूलाई सहयोग मागेका थिए । ठूलो स्वरले कराएकाले बटुवाहरु दौडेर खाल्डोमा पुगेर उनलाई निकालेका थिए । त्यसपछि उनीहरूले एम्बुलेन्स बोलाएर पीडितलाई अस्पतालमा लगेको थियो ।

ती व्यक्ति शिरदेखि पाउसम्म अलकत्राले धाकिएको थियो । चिकित्सकहरूले ती व्यक्तिको छालाबाट अलकत्रा निकाल्न रेजर प्रयोग गर्नुपरेको थियो र अलकत्रा कोट्ट्याएर सफा गर्न उनीहरूलाई घन्टौं लाग्यो । उनी खतरामुक्त रहेको र अब हिँड्न सक्ने चिकित्सकहरूले जानकारी दिएका छन् ।

अलकत्रा बनाउने कारखाना एक वर्षअघि बन्द भए पनि खाल्डामा अलकत्रा बाँकी नै रहेका थिए । स्थानीय अधिकारीहरूले उक्त घटनापछि सरसफाइ गरेर अलकत्रा हटाउने प्रतिज्ञा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here