नेपाली बैंकक्षेत्रमै पहिलो पटक रन्जना लिपिको प्रयोग

479

काठमाडौं / सिभिल बैंकले नेपाली बैंकहरुमै पहिलो पटक रन्जना लिपिको प्रयोग गरी आधिकारिक परिचय पाटीको प्रयोग सिभिल बैंकको दौबहाल शाखाबाट प्रारम्भ गरेको छ । उक्त शाखाको उद्घाटन वांगमय शताब्दी पुरुष सत्य मोहन जोशीले गरे ।

उद्घाटन कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले दौबहाल क्षेत्रको बढ्दो आर्थिक गतिविधिलाई सिभिल बैंकले थप उर्जा प्रदान गर्ने कुरा प्रस्ट पारे । रंजना लिपि सहितको परिचय पाटीले आफूलाई थप हर्षित बनाएको कुरा पनि उनले जनाए । वांगमय शताब्दी पुरुष सत्य मोहन जोशीले नेपालको बैंकिङ्ग इतिहासको छोटो चिनारीसँगै सिभिल बैंकको उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरे ।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासका लागी उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिनुका साथै प्रविधि केन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने कुरा पनि जनाए । सिभिल बैंकका अध्यक्ष इच्छा राज तामाङ्गले बैंक एक सामाजिक संस्था भएकोले आफ्नो शाखा भएको स्थानको मौलिक संस्कृति तथा लिपिलाई संरक्षण गर्ने हेतुले यस दौबहाल शाखाको परिचय पाटीमा मौलिक नेवारी संस्कृतिलाई अंगालेको जनाए ।  रन्जना लिपि सहितको परिचय पाटी राखी शाखा संचालन गर्न पाउँदा आफू गौरवान्वित भएको पनि उनले जनाए ।

वांगमय शताब्दी पुरुष सत्य मोहन जोशीले नेपालको बैंकिङ्ग इतिहासको छोटो चिनारीसँगै सिभिल बैंकको उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरे । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासका लागी उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिनुका साथै प्रविधि केन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने कुरा पनि जनाए । सिभिल बैंकका अध्यक्ष इच्छा राज तामाङ्गले बैंक एक सामाजिक संस्था भएकोले आफ्नो शाखा भएको स्थानको मौलिक संस्कृति तथा लिपिलाई संरक्षण गर्ने हेतुले यस दौबहाल शाखाको परिचय पाटीमा मौलिक नेवारी संस्कृतिलाई अंगालेको जनाए । रन्जना लिपि सहितको परिचय पाटी राखी शाखा संचालन गर्न पाउँदा आफू गौरवान्वित भएको पनि उनले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here