भारतीय चर्चित नायिका गिलले विवाहै नगरी छोरी जन्माईन्

202

एजेन्सी / भारतीय एक चर्चित नायिकाले विवाह नै नगरी छोरी जन्माएकी छिन् । यस विषयमा अहिले भारतभर चर्चा भइरहेको छ ।

अविवाहित नायिकाले आफूसँग तीन वर्षकी छोरी रहेको जनाएपछि धेरैलाई अचम्म लागेको छ । ती नायिका माही गिल हुन् । आफू अविवाहित रहेरै छोरीलाई जन्म दिएको र अब भने विवाह गर्ने सोच रहेको उनले जानकारी दिइन् । नवभारत टाइम्समा हालै प्रकाशित उनको अन्तर्वार्तामा बच्चा आफ्ना प्रेमीको भएको र उनी व्यापारका सिलसिलामा गोवामा रहने गरेको उल्लेख गरिन् । प्रेमी गोवामा भएकोले आफू बारम्बार गोवा आउजाउ गर्ने गरेको उनले स्पष्ट गरिन् । छोरी र प्रेमीप्रति आफूले गर्व गर्ने जनाइन् ।

एक प्रश्नको जवाफमा उनले भनेकी छन्, ‘मेरी छोरी आगामी अगष्टमा तीन वर्षकी हुँदैछिन् । यसबारे मलाई कसैले सोधेन र जनाइन् । अहिले सोधियो जनाए । ।’ विवाह नगरी सन्तान जन्माउनु सामान्य भएको उनको धारणा छ । ‘विवाह नगरीकन सन्तान जन्माउनु स्वाभाविक हो’, उनले भनेकी छन्, ‘ यस बिषयमा मलाई यसमा कुनै खासै समस्या लागिरहेको छैन । यो हरेक मानिसको निजी जीवन हुन्छ । यो पनि मेरो निजी जीवनको सवाल हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here