एनआईसी एशियाको शाखारहित बैंकिङ् सेवा सञ्‍चालनमा

113

काठमाडौं / एनआईसी एशिया बैंकले तीनवटा शाखारहित बैंकिङ् सेवा सञ्‍चालनमा हुने भएको छ । झापाको अर्जुनधारा नगरपालिका- २, खुदनाबारी, रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-११, मोग्लाह र मोरङ् सुनवर्षी नगरपालिका-२, अमरदहमा शाखारहित बैंकिङ् सेवा सञ्‍चालनमा ल्याएको हो । बैंकको खुदुनाबारी शाखाको उद्घाटन अर्जुनधारा नगरपालिका-२ का वडाध्यक्ष रघुनाथ खनालले गरेका थिए । उक्त शाखाको प्रतिनिधि खड्गमाया पराजुलीलाई राखिएको
छ ।

त्यसैगरी मोग्लाह शाखाको उद्घाटन लुम्बिनी सांस्कृतिक नगरपालिका-५ का वडाध्यक्ष खुर्सेद आलमले गरे । जहाँ शाखा प्रतिनिधिको रुपमा जलालुद्दीन मुसलममानलाई नियुक्त गरिएको छ । साथै अमरदह शाखाको उद्घाटन सुनबर्षी नगरपालिका वडा नं। ३ का वडा अध्यक्ष टेक बहादुर विष्टले गरे । जहाँ शाखाको प्रतिनिधिको रुपमा योगेन्द्र संग्रौलालाई नियुक्त गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here