२५ फिट अग्लो दशगजाको बाँध फुट्यो, भारतीय बस्तीमा भागदौड

175

रौतहट – भारतीय पक्षले रौतहटको सिमानामा बाढीको पानी रोक्न बाँधेको बाँध फुटेको छ। दशगजामा कृत्रिम तरिकाले लालबकैया र बागमतीलाई जोडेर करिब २५ फिट अग्लो बाँध निर्माण गरेर रोकिएको पानीको बहावले बाँध फुटेको हो।

बाँध फुटेपछि बाढी भारतीय बस्तीमा पसेको छ । बाढी पसेपछि भारतीय बस्तीहरु बैरगनिया, अशोगी, भकुरहर, सिन्धुलिया लगायत ठाउँका बासिन्दामा हल्लीखल्ली भागदौड मच्चिएको छ ।

लाल बकैया र बागमती नदीको पानीले भारत मै ठूलो असर देखाउने अनुमान गरिएको छ। दुई दिन देखि थुनिएको पानी खुलेपछि भारतीय नागरिक त्रसित देखिएका छन् । उनीहरू सुरक्षित स्थानमा जान थालेका छन्। अब गौरमा थुनिएको पानीको सतह घटदै छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here