नेकपाका नेता सुदर्शनले दिए सरकारलाई यस्तो चुनौती

176

काठमाडौं- नेकपाका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’लाई बुधवार प्रहरीले  जिल्ला अदालत ललितपुर पुर्‍यायो। नख्खु घटनाको मुख्य दोषी भएको आरोपमा जिल्ला अदालतको आदेशमा नेता सुदर्शनलाई गत बैसाख १० गते पुर्पक्षका लागि नख्खु कारागार पठाइएको थियो ।

उनलाई बुधबार पुनः अदालतमा उपस्थित गराइएको हो ।

अदालतमा उनलाई ‘के तपाईहरुले यो राज्यसत्ता पल्टाउन खोजेको हो ?’ भन्ने गम्भीर प्रश्न सोधियो । अदालतको प्रश्नको जवाफ नेता सुदर्शनले निक्कै बौद्धिक तरिकाले दिए ।

अदालतलाई जवाफ दिने क्रममा उनले यो राज्यसत्ता पल्टाउने प्रयास ०७२ साल देखि नै निरन्तर जारी रहेको जनाए । ‘यो राज्यसत्ता पल्टाउने भनेर हामीले अहिले भनेका हैनौ, त्यो त २०५२ सालमा प्रचण्डकै नेतृत्वमा भनेका हौ ।

पछि  ०६२/६३ सालपछि बार्ताको प्रक्रियाद्वारा अगाडि बढेर हामीले भनेेेकोजस्तो जनताको सत्ता ल्याउने भनेर उनीहरुले अलमल्याए । अहिले अब हामी त्यहि प्रक्रियालाई निरन्तर अघि बढाइरहेका छौं ।’ उनले भने ।

नेता सुदर्शनको जवाफ सुनेपछि अदालतले उनलाई पुनः नख्खु कारागार लगेर राख्न आदेश दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here