तारा प्रकाश लिम्बुको संगीतमा ‘कस्ले गर्दा’ सार्वजनिक (भिडियो)

242

 काठमाडौं / पाँचथर जिल्लामा जन्मिएका गायक जोन तुम्बापोलाई सानै देखी गीत संगीतमा रुची थियो । विभिन्न प्रत्योगितामा सहभागी भएर उनी पुरुस्कार समेत जित्ने गर्थे । जोन आफुलाई गायक राजेश पायल राईको फ्यान भएको जनाउँदै गायक बनेर नाम सम्मान कमाउने सोच राखेका जोनले आफ्नो पहिलो प्रयासका रुपमा ‘ कस्ले गर्दा ‘ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन ।

जोन तुम्बापो र स्वस्तिका प्रधानको स्वर रहेको गीतमा संगीत भर्ने काम गायक तथा संगीतकार तारा प्रकाश लिम्बुको गरेका हुन । गीतको शब्द राम लावतीले लेखेका हुन्र गीतको म्युजिक एरेण्ज्मेन्ट नरेश श्रेष्ठले गरेका हुन ।

डान्सिङ भर्सनको म्युजिक भिडियोमा अतिश जैरु र रुपा घिसिङको अभिनय रहेको भने दिवस गिरीको कोरियोग्राफी रहेको छ । बिकाश धमलाले भिडियो सम्पादन गरेका हुन । भुपेन्द्र तुम्बाहाम्फेले खीचेको गीतको भिडियोलाई स्वयम उनैले निर्देशन समेत गरेका हुन् । गीतको म्युजिक भिडियोले डिजिटल बजारमा राम्रो प्रतिकिया प्राप्त गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here