बुद्धका मूर्ति तोडफोड

435

बुटवल / रूपन्देहीको तिलोत्तमा नगरपालिकाको ६ लेन सडकको मध्य भागमा राखिएका बुद्धका मुर्ती गए राती तोडफोड भएका छन् । सिक्सलेन सडकको शंकरनगर चोकदेखि नयाँमिलसम्म रहेका ५ वटा बुद्धमूर्तिमा तोडफोड भएको हो ।

मूर्ति कसले किन तोडेको हो भन्नेबारे पत्ता लागेको छैन।

लुम्बिनीको झल्को दिन भन्दै तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने राजमार्गमा २२ वटा बुद्ध मुर्ति स्थापना गरेको थियो। वैशाख १ गते प्रदेश ५ सरकारका उद्योग, पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरीले बुद्धमर्ती अनावरण गरेका थिए । एउटामूर्तिको तौल नै १ सय १० किलो छ। ठूलो समूह नै लागेर मूर्ति तोडफोड गरेको हुनसक्ने स्थानीयको आशंका छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here