अफ्रिकन नेसन्स कपको उपाधिका लागि आज भिड्दै सेनेगल र अल्जेरिया

207

एजेन्सी / अफ्रिका कप अफ नेसन्सको उपाधिका लागि आज (शुक्रबार) राति सेनेगल र अल्जेरिया भिड्ने भएको छ । नेपाली समय अनुसार राति १२ः४५ बाट सुरु हुनेछ । दुबै टोली आजको खेलमा जित निकाल्दै उपाधि उचाल्ने योजनामा हुनेछन् ।

अल्जेरियाले यसअघि सन् १९९० मा अफ्रिका कपको उपाधि उचालिसकेको छ । यता सेनेगल भने आफ्नो पहिलो उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । विश्वकप २०१८ मा उत्कृष्ट प्रदर्शन गरेको सेनेगलले अफ्रिका कपमा पनि सोही लयलाई कायम राखेको छ ।

सेनेगलले सेमिफाइनलमा टुनिसियालाई हराउँदै फाइनल प्रवेश गरेको थियो भने अल्जेरियाले नाइजेरियालाई हराउँदै फाइनलमा स्थान बनाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here