रौतहट / रौतहटस्थित नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जबर्जस्ती बलात्कार गरेको आरोपमा प्रहरीका असई राजेन्द्र साहलाई पक्राउ गरेको हो ।
२० वर्षीय युवतीलाई बलत्कार गरेको आरोपमा पीडितका आफन्तले प्रहरीमा लिखित जाहेरी दिएपछि असई साहलाई पक्राउ गरिएको प्रहरी कार्यालयले जनाए ।
बारा जिल्ला महागढिमाई नगरपालिका घर भई जिल्ला प्रहरी कार्यालय मकबानपुरमा कार्यरत असई साहलाई असार ३१ गते चन्द्रनिगाहपुरको माउण्ट एरिवा गेष्ट हाउसको ३०६ नम्बरको कोठामा २० बर्षीय महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ परेका साहलाई जिल्ला अदालत गौरबाट जबर्जस्ती करणी गरेको आरोपमा ५ दिनको म्याद थप गरेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


















