काठमाडौं / त्रिभुवन विश्वविद्यालयको कर्मचारी भर्नामा आफन्तलाई भर्ना गर्न उत्तरपुस्तिकाको नम्बर पटक-पटक हेरफेर गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर खेपिरहेका परीक्षा नियन्त्रण कार्यालयका पूर्व कर्मचारी रामबहादुर पाण्डे क्षेत्रीको ६ तलाबाट हामफालेर मृत्यु भएको छ ।
त्रिपुरेश्वरस्थित राधा भवनबाट परिसरमा बिहीबार दिउँसो उनी मृत भेटिएका हुन् । उनी छैठौं तलाबाट खसेका थिए । उनले आत्महत्या गरेको प्रहरीको आशंका छ । भ्रष्टाचार मुद्दाकै विषयमा वकिललाई भेट्न गएका उनले वकिलकै कार्यालयबाट हाम फालेर आत्महत्या गरेको हुन सक्ने प्रहरी आशंका छ ।
आफन्तलाई भर्ना गर्न उत्तरपुस्तिकाको नम्बर पटक-पटक हेरफेर गरेको आरोपमा उनीसहित पनिकाका १० अधिकारीविरुद्ध गत १८ असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
















