टिकटकको अन्तर्राष्ट्रिय डाटा सेन्टर भारतमा

88

एजेन्सी / टिकटकको प्यारेन्ट कम्पनी ‘बाइट डान्सले आफ्नो पहिलो अन्तर्राष्ट्रिय डाटा सेन्टर भारतमा स्थापना गर्ने भएको छ। चिनियाँ कम्पनीले पहिलोपटक चीन बाहिर गएर भारतमा डाटा सेन्टर स्थापना गर्न लागेको हो।

कम्पनीले भारत आफ्नो सबैभन्दा बलियो बजार रहेको र अहिलेसम्म भारतीय उपयोगकर्ताको डाटा सिंगापुर र अमेरिकामा रहेका अन्य कम्पनीमा स्टोर गर्नु परिरहेको भन्दै अब भारत प्रवेश गर्न लागेको जनाएको छ। कम्पनीले ६ देखि १८ महिनामा डाटा सेन्टर स्थापना गरिसक्ने तयारी गरेको बिजेनस स्ट्यान्डर्डले प्रकाशन गरेको जनाएको छ । बाइट डान्सले भारतीय बजारका लागि खर्च गर्न लागेको १ अर्ब डलरअन्तर्गत नै यस योजनासमेत रहेको पनि समाचारमा जनाइएको छ। डाटा लोकलाइसेजनका लागि काम गरिरहेको र भारतमा रहेका टिकटक प्रयोगकर्ताले विभिन्न समस्या भोगिरहेको भन्दै कम्पनीले भारतमा डाटा सेन्टर स्थापनाको काम अघि बढाएको हो। गत साता भारत सरकारले टिकटकमा अपलोड गरिएका केही भिडिओलाई लिएर कम्पनीमाथि प्रश्नसमेत उठाएको थियो। भारतमा २० करोड टिकटक प्रयोगकर्ता रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here