गजल साँझ सम्पन्न

53

काठमाडौं । शान्ति गजल साँझ सम्पन्न भएको छ ।

काठमाडौंको गोगंबुमा गजलकार एन बी अन्जानको एकल गजल प्रस्तुति सङ्गै गजल साँझ सम्पन्न भएको हो । शान्ति दोहोरीका संचालक कवि प्रकाश समिरको आयोजनामा कार्यक्रम भएको हो । शान्ति दोहोरीमा मासिक रुपमा संचालन गर्न लागिएको शान्ति गजल साँझको बिधिगत उद्घाटन अनेसासका संस्थापक अध्यक्ष कवि तथा साहित्यकार होमनाथ सुबेदीले गर्नुभयो ।

अन्जानलाई गजल वाचनमा रोमा लम्सालले साथ दिएकी थिइन् । प्रशिद्द गायक राज सागरले अन्जानका गजलहरु गाएर अन्जानलाई साथ दिएका थिए ।

कार्यक्रमको सहजीकरण कवि प्रज्वल अधिकारीले गर्नुभएको थियो । चर्चित गजलकार अन्जानका विभिन्न ठाउँमा एकल गजल वाचन भैरहेकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here