काठमाडौं / ब्रिगेड ब्वाइज क्लबले ललित स्मृती यु–१८ फुटबल प्रतियोगिताको उपाधि जितेको छ। आज आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको फाइनल भिडन्तमा ब्रिगेडले नेपाल पुलिस क्लबलाई १–० ले पराजित गरेर उपाधि जितेको हो।
ब्रिगेडको जितमा फरवार्ड ब्रिजेश चौधरीले गरेको गोल निर्णायक गरेका थिए । उनले खेलको २३ मिनेटमा गोल गरेका थिए। त्यसपछि खेलमा कुनै गोल भएन। उपाधिसँगै ब्रिगेडले नगद ३ लाख रुपैयाँ प्राप्त गरेको छ। पुलिसले नगद १ लाख ५० रुपैयाँमा चित्त बुझायो। प्रतियोगितामा ए डिभिजनका १४ टिमले भाग लिएका थिए। प्रयोगिताको विधागत पुरस्कारमा पनि ब्रिगेडको बर्चश्व रह्यो।
सुविन कार्की (उत्कृष्ट प्रशिक्षक) ब्रिगेड ब्वाइज, ब्रिजेश चौधरी (उत्कृष्ट फरवार्ड) ब्रिगेड ब्वाइज, विशाल सुनार (उत्कृष्ट गोलकिपर) त्रिभुवन आर्मी, शिशिर लेखी (उत्कृष्ट मिडफिल्डर) (ब्रिगेड ब्वाइज) विशाल बस्नेत (उत्कृष्ट डिफेन्डर) (नेपाल पुलिस क्लब) विधागतमा उत्कृष्ट घोषित भएकालाई जनही नगद १० हजार रुपैयाँ हात पारे।


















