वीरगञ्ज / असुरक्षित गर्भपतनका कारण पर्सामा एक युवतीको ज्यान गएको छ। भारतको रक्सौल गएर असुरक्षित गर्भपतन गराउँदा पर्साको पोखरिया नगरपालिका–६ कि २० वर्षीया सावित्री कुमारी शर्माको मृत्यु भएको हो ।
साबित्री आफू खुशी भारत रक्सौल गई ५ महिनाको गर्भ असुरक्षित गर्भपतन गराउने क्रममा गम्भिर बिरामी भएकी थिइन्।
उनको अवस्था गम्भीर भएपछि वीरगञ्ज हेल्थ केयरमा उपचारको लागि भर्ना गरिएकोमा ज्यान गएको पर्सा प्रहरीले जनाएको छ। प्रहरीले अबैध सम्बन्ध राखी साबित्रीलाई गर्भवती बनाएको आरोपमा सोही ठाउका सिकेन्द्र प्रसाद चौहानलाई पक्राउ गरेको छ।
पक्राउ परेका सिकेन्द्रले अवैध यौन सम्बन्ध राखी सावित्रीलाई गर्भवती बनाएका थिए।अवैध यौन सम्बन्धबाट गर्भ रहेपछि सिकेन्द्र र साबित्री दुबैजनाले आफु खुशी भारतको रक्सौल गई गर्भपतन गराउन खोजेका थिए।
मृतक युवतीको शबलाई पोष्टमार्टमको लागि नारायणी अस्पतालमा राखिएको छ। पक्राउ परेका सिकेन्द्रमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाइएको पर्साका प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक अन्न्तराम शर्माले जानकारी दिए।


















