रणवीर-आलिया विवाह बन्धनमा बाँधिदै

372

अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट प्रेममा छन् । आलिया पनि विवाहको लागि तयार छिन् ।  अब यी दुईको विवाह हुने कपुर परिवारका एक सदस्यले जनाएका छन् । ती सदस्यका अनुसार रणवीर र आलियाको विवाह आगामी नयाँ वर्ष २०२० को अवसर पारेर जनवरीमा गर्ने सल्लाह भइरहेको छ ।

केही दिन अघि मात्रै आलिया र रणवीर एकसाथ अमेरिकाको न्यूयोर्कमा नयाँ वर्ष मनाएर भारत फर्किएका छन् । आलिया भट्ट रणवीर कपूरसँग मात्रै नभई कपूर परिवारकासाथ रमाइलो गर्दै गरेका तस्बिर सामाजिक संजालमा चर्चाको विषय बनेको थियो । परिवारले यी दुईको विवाहको तयारी भइरहेको जनाए पनि आलिया र रणवीरले विवाहको मिति खुलाएका छैनन् ।

 अभिनेता ऋषि कपुरको चाहना पनि यी दुईको विवाह होस् भन्ने रहेको छ भने यी दुईको विवाहका बाधक बनेका आलियाका पिता एवं निर्देशक महेश भट्टले प्रेम स्विकारेका छन् । रणवीर कपूरकी दिदी रिद्धिमा कपूर साहनीले भाइ रणवीर कपूर र उनकी प्रेमिका आलिया भट्टलाई सुनको औँठी उपहार स्वरुप दिएकी छिन् । औँठीमा आलिया र रणवीरको नामको पहिलो अक्षर ‘ए आर’ लेखिएको छ ।

ऋषि कपुर क्यान्सरका कारण अहिले पनि उपचारमा छन् । उनको स्वास्थ्यमा सुधार आएका कारण अब रणवीर विवाह गर्न चाहन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here