हातखुट्टा बाँधेर खोलामा फ्याँकिएका युवकको सकुशल उद्धार

190

काठमाडौं  / प्रहरीले काठमाडौं महानगरपालिका ३२ कोटेश्वरस्थित मनहरा खोलाबाट एक जनाको सकुशल उद्धार गरेको छ ।

हात र खुट्टामा डोरी तथा मुखमा पट्टी बाँधेर बेहोस पारी फ्याँकेको अवस्थामा भक्तपुर लोकन्थली बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका १ घर भएका २७ वर्षीय मनिष भण्डारीलाई मंगलबार राति प्रहरीले उद्धार गरेको हो ।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले बचाउ बचाउ भन्ने आवाज आएको सुनेपछि भण्डारीको उद्धार गरिएको जनाएको छ ।

आफूलाई आइतबार लोकन्थलीबाट तीन जना अपरिचित व्यक्तिहरुले नम्बर नखुलेको भ्यानमा जबर्जस्ती राखेर ३ दिनसम्म त्यही गाडीमा विभिन्न ठाउँमा घुमाई मनहोरा खोलामा छोडेपछि होसमा आई कराएको पीडितले जनाएका छन्।

अपहरणमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here