रात्रीकालिन व्यवसायहरुलाई मर्यादित र व्यवस्थित बनाउन सरोकारवालाहरुको प्रतिबद्धता

348

काठमाडौं /  कोटेश्वरमा सञ्चालित खाजा घर, गेस्ट हाउस र रात्रीकालिन होटल, डान्स रेष्टुरेन्ट व्यवसायहरुलाई मर्यादित र व्यवस्थित बनाउन सरोकारवालाहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।

महानगरीय प्रहरी प्रभाग कोटेश्वर, सामुदायिक प्रहरी सेवा केन्द्र कोटेश्वर, छोरी संस्था र शुभ अवसर ग्राम नेपालको संयुक्त आयोजनामा काठमाडौं महानगरपालिका वडा ३२ का एरियामा संचालित मनोरञ्जन व्यवसायहरुलाई मर्यादित र व्यवस्थित बनाउने मुख्य उद्देश्यका साथ सरोकारवाला निकायहरुसंग अन्तरक्रिया कार्यक्रम आयोजना सम्पन्न गरेको हो।

कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले खाजा घर र कुनै पनि मनोरञ्जनको नाममा उमेर नपुगेका बालबच्चाको दुरुपयोग गरेको पाईए तुरुन्त अप्रेसन सञ्चान गर्न कडा निर्देशन दिएको हो ।

उनले खाजा घरलाई स्वादिष्ठ खाजाघरको प्रयोजनमा र डान्सबारहरुलाई सभ्य र मर्यादित बनाई परिवार सहित जान सक्ने बनाउन उपस्थित सम्पुर्ण मनोरञ्जन व्यवसायीहरुलाई आग्रह समेत गरे ।

उनले भने, ‘‘ केहि महिना यता कोटेश्वरमा सञ्चालित खाजा घरमा बालबालिका दुरुपयोग गरेको सुचनाको आधारमा होटल सञ्चालकहरुलाई कारवाही गरिसकेका छौं अब त्यो परिस्थिती अन्त हुन्छ भने विश्वास लिएका छौं ।’’

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय काठमाण्डौका प्रमुख सहायक जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल मनोजञ्जन व्यवसायहरुलाई कानुनी दायरा भित्र बसी मर्यादित बनाउने कुरामा जोड दिए ।

उनले भने कुनै पनि होटल सञ्चालकले कानुन विपरीत गरेको पाईए जो सुकै भएपनि तुरुन्त कारवाहीका भागिदारी हुन्छ गलत सोचले मर्यादामा नरहने व्यसायीहरुलाई हामी सबै मिलेर बहिस्कार गरौं ।

त्यसै गरी महान्याधिवक्ताको कार्यालयबाट सहभागी भएकी उपन्याधिवक्ता विना दाहालले मनोरञ्जन व्यवसायलाई कसरी कानुनी दायरा भित्र राखेर मर्यादित बनाउन सकिन्छ भन्ने कुरामा प्रकास पारिन ।

साथै आन्तरिक राजश्व कार्यालयका प्रतिनिधि, श्रम कार्यालयका प्रतिनिधि, कम्पनी रजिष्ट्रारको कार्यालयका प्रनिनिधि, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि र माईती नेपाल समेतका प्रतिनिधिहरुको उपस्थितिमा स्थानिय मनोरञ्जन व्यवसायिहरुबाट उठाईएका सरोकारका विषयहरुमाथि प्रकाश पारिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here