अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यासप्रति असन्तुष्टी प्रकट गर्न उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र परीक्षण

414
epa04739482 An image obtained by Yonhap News Agency showing North Korean leader Kim Jong-un pointing at a ballistic missile believed to have been launched from underwater near Sinpo, on the northeast coast of North Korean, 09 May 2015. The KCNA, the North's state media, said North Korean leader Kim Jong-un watched the test-fire. EPA/KCNA SOUTH KOREA OUT BEST QUALITY AVAILABLE

काठमाडौं / उत्तर कोरियाले नयाँ किसिमको क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सैनिक अधिकारीहरूले बताएका छन् । बिहीवार बिहानै उत्तर कोरियाको वोनसानबाट प्रहार गरिएका दुई वटा क्षेप्यास्त्रले करीब ४३० किलोमिटर यात्रा गरेर समुद्रमा खसेको थियो ।

दक्षिण कोरियाका सेनापतिले पछिल्लो क्षेप्यास्त्र नयाँ रहेको र यसअघि कहिल्यै नदेखिएको जनाएका छन् ।

दक्षिण कोरियाली र अमेरिकी गुप्तचर निकायहरूले गरेको विश्लेषणमा ती दुवै क्षेप्यास्त्र आधुनिक र नयाँ रहेको उल्लेख छ । पहिलो क्षेप्यास्त्र करीब ४३० किलोमिटर टाढा पुगेर समुद्रमा खसेको भए पनि अर्को क्षेप्यास्त्र ६९० किलोमिटर टाढा पुगेको उनीहरूको विश्लेषण छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीच गत महिना एकाएक दुई कोरियालाई छुट्याउने पानमुनजोङमा भेटवार्ता भएपछि यो पहिलो क्षेप्यास्त्र परीक्षण हो । दुवै नेताबीच कोरियाली द्वीपबाट आणविक निःशस्त्रीकरण गर्ने विषयमा वार्ता र छलफल अगाडि बढाउने सहमति भएको थियो ।

विश्लेषकहरूले अर्को महिना हुन लागेको अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरियाले असन्तुष्टी प्रकट गर्न क्षेप्यास्त्र परीक्षण गरेको हुनसक्ने जनाएका छन् ।

गत मे महिनामा पनि उत्तर कोरियाले छोटो दूरीको क्षेप्यास्त्र प्रहार गरेको थियो । उक्त घटनालाई सामान्य रूपमा लिँदै राष्ट्रपति ट्रम्पले सानातिना घटनाले दुई मुलुकबीचको सम्बन्धमा असर नपार्ने जनाएका थिए ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले दुई मुलुकबीच हाल अवरुद्ध रहेको वार्ता मध्य जुलाईमा शुरू हुनसक्ने यसअघि बताएका थिए तर गत साता उत्तर कोरियाले अमेरिका–दक्षिण कोरियाबीच हुन लागेको संयुक्त सैन्य अभ्यासले वार्तामा असर पर्ने जनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here