प्रभु बैंक र अरविट मेडिकल इन्ट्रान्सबीच सम्झौता

150

काठमाडौं / प्रभु बैंक लिमिटेड र अरविट मेडिकल इन्ट्रान्सबीच कर्जासम्वन्धी सम्झौता भएको छ । सहमति अनुसार अरविट मेडिकल इन्ट्रान्सको प्रभु बैक आधिकारीक बैंक रहने छ ।

अरविट शैक्षिक परामर्श सेवा उपलब्ध गराउने संस्थाबाट सिफारिश भइ आएका उच्च शिक्षा हाशिल गर्न विदेश जाने बिद्यार्थीहरुले प्रभु बैकको सबै शाखाहरुबाट नगद जम्मा गर्ने, बिदेशी मुद्रा सटही सुविधा, स्विफ्ट, टीटी, अनलाईन पेमेन्ट, ड्राफ्ट आदिका माध्याबाट आईएलटीएस, टोफल, पीटीई, सीएई, एसएटी, जीआरई, जीम्याट, ट्यूसन फि आदि शुल्क भुक्तानी गर्न सक्नेछन् ।

शैक्षिक कर्जा आवश्यक परेमा सर्वसुलभ तरिकाबाट कर्जा उपलब्ध गराइने उल्लेख छ । सो कार्यलाई अझ सुव्यवस्थित गर्नको लागि बैंकको कमलादी शाखालाई मुख्य सम्पर्क केन्द्र तोकिएको छ । बैकको उक्त कार्यबाट धैरे भन्दा धैरे बिदेशमा अध्ययनका लागि जाने बिद्यार्थीहरु तथा तिनका आश्रीतहरु लाभान्भित हुने अपेक्षा गरिएको छ ।

उक्त सहमति पत्रमा बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन तथा अरविट मेडिकल इन्ट्रान्सका तर्फबाट कम्पनीका प्रवन्ध संचालकसुनिल रेग्मीले हस्ताक्षर गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here