प्रदेश ३ का कांग्रेस प्रदेश सांसदको पाँच दिनको तलब बाढीपहिरो पीडितलाई

117
x]6f}+8fdf k|b]z–#sf] ;lrjfno x]6f}+8fdf k|b]z–# sf] df3 !* ut] a:g] k|b]z;efsf] a}7ssf] nfuL tof/L clGtd r/0fdf /x]sf] k|b]z;ef ;lrjfno . t:jL/ M c~hnL yfkf, x]6f}+8f, /f;;

काठमाडौं– नेपाली कांग्रेसका प्रदेश ३ का प्रदेश सांसदहरुले पाँच दिनमा पाइने सुविधावापतको रकम बाढीपहिरो पीडितलाई दिने भएको छ।

कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलले शुक्रबार एक विज्ञप्ती जारी गर्दै ५ दिनको सेवासुविधा बाढीपहिरो र डुवानबाट प्रभावितलाई वितरण गर्न राहतस्वरुप प्रदेश सरकारलाई उपलब्ध गराउने जनाएको हो।

नेपाली कांग्रेस प्रदेश ३ संसदीय दलका नेता इन्द्रबहादुर बानियाँद्वारा हस्ताक्षरित विज्ञप्तिमा बाढी, पहिरो र डुवानमा परी भएको जनधनको क्षति दुःख व्यक्त गर्दै प्रदेश सरकारसमक्ष पीडितलाई तीन लाखका दरले प्रतिपरिवार राहतस्वरुप रकम उपलब्ध गराउनसमेत माग गरेको छ।

प्रदेश ३ मा कांग्रेसको तर्फबाट २१ जना प्रदेश सांसद रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here