एमाले महाधिवेशन उद्घाटन स्थलमा बिहानैदेखि भीड

104

चितवन । नेकपा (एमाले)को दशौँ महाधिवेशन उद्घाटनका लागि महाधिवेशन स्थल नारायणी नदी किनारमा बिहान ७ बजेदेखि नै आउने क्रम जारी छ ।

दिउँसो उद्घाटन महाधिवेशनका लागि देशभरबाट कार्यकर्ता एवं शुभेच्छुकहरु आउने क्रम सुरु भएको हो । बिहानैदेखि भरतपुर नारायणगढ, गैडाकोटका विभिन्न स्थानमा भेला भएर उद्घाटन स्थलमा आउने क्रम सुरु भएको छ । बाजागाजासहित नाचगान गर्दै नदी किनारमा भेला भएका छन् ।

चितवनमा एमाले महाधिवेशनका लागि जनलहर सुरु भएको नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावलले बताउनुभयो । महाधिवेशन उद्घाटनमा सहभागी हुनका लागि पूर्व तथा पश्चिमका विभिन्न जिल्लाबाट प्रतिनिधि तथा नागरिकहरुको बाक्लो उपस्थिति रहेको रावलले बताउनुभयो ।

चितवनबाट बाजागाजासहित जनसहभागिता हुने तयारी भइरहेको जिल्ला अध्यक्ष रावलको भनाइ छ ।

चितवनका सात वटै स्थानीय तहका ९८ वटा वडा, दुई वटा शाखा कमिटी तथा भ्रातृ सङ्गठनहरुबाट एक लाख मानिस उतार्ने गरी तयारी भएको जिल्ला अध्यक्ष रावलको भनाइ । महाधिवेशन उद्घाटन हुनुपूर्व चितवनतर्फको नदीकिनारमा मानिसहरुको व्यापक सहभागिता हुन सुरु भइसकेको भन्दै सहभागीहरुलाई संयमित हुनका लागि जिल्ला अध्यक्ष रावलले आग्रह गर्नुभएको छ । जिल्लाका मुख्य राजमार्ग र सहायक राजमार्गमा गरी ४५ बढी स्थानमा स्वागतद्वार निर्माण गरिएको भन्दै रावलले देशभरीबाट पाँच लाख मानिस नदीकिनारमा उतार्ने बताउनुभयो ।

महाधिवेशन उद्घाटनका लागि एमालेका नेताहरु चितवन आइसकेका छन् । दिउँसो नारायणी नदी किनारमा उद्घाटन हुने महाधिवेशनको बन्दसत्र शनिवार र आइतबार सौराहामा हुने भएकाे समाचार शालिग्राम नेपालले लेखका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here