सिंगापुरसँग नेपालको लज्जास्पद हार, विश्वकप खेल्ने सपना अधुरै

252

काठमाडौं– टी–२० विश्वकप क्रिकेट अन्तरर्गत एसियाली छनोट प्रतियोगिताको अन्तिम खेलमा सिंगापुरसँग लज्जापद हारसँगै नेपालको सपना अधुरै रहृयो । सिंगापुरको इन्डियन एशोसियसन मैदानमा आज भएको खेलमा सिंगापुरले नेपाललाई ८२ रनको फराकिलो अन्तरले हराएको छ ।

१९२ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । औषत सुरुवात गरेको नेपालका कप्तान पारस खड्का व्यक्तिगत १२ रनमा आउट भए । ज्ञानेन्द्र मल्लले २१ बलमा ३९ रन बनाए ।

उनी दोस्रो विकेटका रुपमा आउट हुँदा नेपालको स्कोर ५४ रन थियो । तर त्यसपछि नेपाल सम्हालिन सकेन । दिपेन्द्र सिंह ऐरीले २३ रन बनाए भने सोमपाल कामीले ११ रन जोडे । अरु ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

नेपाललाई हराउँदै सिंगापुरले अक्टोबरमा यूएईमा आयोजना हुने ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here