अनुमति विना गैरसरकारी संस्थाको सहयोग नलिन निर्देशन

42

काठमाडौं । अनुमति विना गैरसरकारी संस्थाको कुन पनि प्रकारको सहयोग नलिन प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षले संसदीय समितिहरूलाई निर्देशन दिएका छन्।

मंगलबार सभामुख देवराज घिमिरे र अध्यक्ष नारायणप्रसाद दाहालको तर्फबाट पत्र जारी गर्दै संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी एवं अनुमति विना सहयोग नलिन निर्देशन दिएका हुन्।

‘संसद्को संस्थागत जानकारी एवं अनुमति विना कतिपय गैरसरकारी संस्थाहरूले संसदीय समिति तथा सचिवालयलाई सहयोग गर्ने, माननीय सांसदहरूको संलग्नतामा कार्यक्रम गर्ने र यसबाट कानुन निर्माण एवं निर्णय प्रक्रियामा प्रभाव पर्ने गरेको गुनासोहरू आइरहेकाले ध्यानाकर्षण गराइएको छ,’ पत्रमा भनिएको छ।

संसद् सचिवालयले सहयोग नलिन यसअघि पनि पटकपटक सतर्क गराइएको जनाएको छ।

आइतबार एक गैरसरकारी संस्थाका कर्मचारी खाजासहित उपस्थित भएपछि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here