जनवादी गायक जीवन शर्माकाे नयाँ गीत

227

काठमाडौं -कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले लकडाउनको घोषणा गरेसँगै घरमै थुनिएका छन् जनवादी गायक जीवन शर्मा पनि। यही लकडाउनकै क्रममा उनले नयाँ गीत रचना गरेका छन्।

कोरोनाले विश्व नै आतंकित बनाइरहेको बेला शर्माले नडराउन र होसियार रहन आग्रह गरेका छन्। हालै उनले ‘ताजा खबर’ बोलको गीत सार्वजनिक गरेका छन्। याे गीतमा उनकै शब्द, स्वर र संगीत रहेको छ।

शर्माले गीत मार्फत कोरोनाको कहरले मानवजातीहरु घरभित्रै थुनिनु पर्दाको पीडा व्यक्त गरेका छन्।

भन्छन् :

‘लौ आयो ताजा खबर, लौ आयो ताजा खबर

छाप्दा छाप्दै आयो हजुर ताजा खबर

संसारभरी घुम्दै हिड्ने मानिसको चोला

घरभित्रै कैदी हुँदा कस्तो भयो होला’

जीवन सधै एकनासको नहुने भएकोले मानिसलाई हिम्मत नहार्न र आशा नमार्न आग्रह गरेका छन्। उनले गीतमार्फत ‘जीवनमा यस्ता संकट आँउछन् घरि घरि तर पनि सुन्दर संसार उदाँउनेछ फेरी’ भन्ने सन्देश दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here