आर्सनलका खेलाडी मोहम्मदको घरमा शव

100

एजेन्सी – इंग्लिस क्लब आर्सनलका खेलाडी मिडफिल्डर मोहम्मद इलेनीको इजिप्टस्थित घरमा  पुरुषको शव  फेला परेको छ । काइरो शहरदेखि झण्डै सय किलोमिटर उत्तरमा रहेको महल्ला अल कुर्बास्थित घरमा शव फेला परेको इलेनीका पिता नासेरलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

शव विद्युतीय सामान चोरी गर्न आएका व्यक्तिको रहेको प्रहरीको प्रारम्भिक अनुमान गरेको छ । विद्युतीय सामग्री चोरी गर्न लाग्दा करेन्ट लागेर ज्यान गएको बताइएको छ । इलेनीको उक्त घर केही समय अघि मात्रै च्यारिटीलाई सहयोग स्वरुप अफिस स्थापनका लागि हस्तान्तरण गरिएको थियो । इजिप्टबाट अफ्रिका कप अफ नेसन्स खेलेर आर्सनल अभ्यासमा फर्किएका इलेनीलाई घटनाको सम्बन्धमा जानकारी गराइएको खबरमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here