वर्षा याममा स्वस्थ रहने पाँच उपाय

174

वर्षायाममा विभिन्न सरुवा रोगले मान्छेलाई प्रायः सताइ रहेको हुन्छ त्यसकारण यी पाँच उपायहरुमा विशेष ध्यान दिनु आवश्यक छ । जुन यस प्रकार रहेको छ ।

  • वर्षायाममा जमिनभित्र बस्ने धेरैजसो कीरा सतहमा आउने भएकोले तिनले फलफूल, सागतरकारीलगायत खाद्य पदार्थलाई दूषित गर्छन्। त्यसकारण यस मौसममा कुनै पनि फल वा साग, तरकारी खानुअघि राम्ररी पखाल्नुपर्छ।
  • वर्षायाममा कहिलेकाहीँ पानीका कारण संक्रमणको समस्या देखापर्छ। विशेष गरी बच्चाहरू चाँडै संक्रिमत हुन पुग्छन्। त्यसैले यस मौसममा बालबालिकादेखि वृद्धवृद्धा सबैले उमालेको पानी खानुपर्छ।
  • लामखुट्टेलगायतबाट बच्न घरवरिपरि सरसफाइमा विशेष ध्यान दिनुपर्छ।
  • बालबालिकालाई बर्सातको पानीमा भिज्न दिनु हुँदैन। स्कुलबाट फर्किंटा बाटोमा भिजे भने उनीहरूलाई तुरुन्त सफा पानीले नुहाइदिनुपर्छ। तातो खानेकुरा खान दिनुपर्छ। र, उनीहरूको खेल्ने स्थान पनि सफा राख्नुपर्छ।
  • बच्चाहरूको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको हुन्छ। विभिन्न रोगले उनीहरूलाई सजिलै आक्रमण गर्न सक्छन्। कुनै पनि मौसमी समस्या देखिएमा चाँडोभन्दा चाँडो चिकित्सकसँग सल्लाह लिनुपर्छ। बर्सातमा बालबालिकालाई विभिन्न स्वास्थ्य समस्याबाट बचाउन उनीहरूलाई फोहोरबाट टाढा राख्नुपर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here