नेप्से परिसूचकमा आज केही सुधार

358

काठमाडौं / गत साता बिहीबार र साता आइतबार दोहोरो अंक ओरालो लागेको सेयर बजार नेप्से परिसूचक आज सोमबार केही सुधार भएको छ । राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको ऋणपत्र निष्काशन सम्बन्धी व्यवस्थाका कारण अन्य दिनहरुमा नेप्सेमा उच्च गिरावट देखिए पनि आज भने कहि सुधार देखिएको छ।

त्यसैगरी आज वाणिज्य बैंकसहित अधिकांश समुहका सुचकहरुमा सुधार आएको छ भने उत्पादन मूलक, निर्जीव बीमा, म्युचुअल फण्ड, जीवन बीमा समुहका सुचकहरु घटेका छन्। बाँकी समुहका सुचकहरुमा सुधार देखिएको छ। होटल र लघुवित्त समुहका सुचकहरु एक प्रतिशत भन्दा उकालो लागेका छन्।

सेयर बजारमा आज कारोबारममा कमी आएको छ। आइतबार झण्डै ५० करोडको कारोबार भएको आज घटेर ३४ करोड २६ लाख रुपैयाँमा सीमित भएको छ। यस्तै धेरै कारोबार गर्नेमा युनाइटेड इन्स्योरेन्स रहेको छ भने धेरै नाफा गर्नेमा नेपाल एग्रो लघुवित्तका लगानीकर्ता अगाडि छन्। घाटा खानेमा भने जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ता अगाडि छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here