शिशिरको गजल ‘पानी भर्ने’ सार्वजनिक

366

इलाम / साहित्यिक कार्यक्रममा सशक्त उपस्थिति देखाउने इलामका गजलकार शिशिर भट्टराईको भएको पहिलो गजल ‘पानी भर्ने’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

अञ्जु पन्तको स्वर रहेको गीतमा इलामे श्रष्टाकै रचना र संगित रहेको छ। इलाम सिद्धिथुम्का घर भई हाल अमेरिका बस्दै आएका मुरारी गुरागाईंले संगीत दिएका छन्। गजलमा ग्रामीण परिवेशका विम्बलाई गजलकारले सालिन र कलात्मक रूपमा लिपिबद्ध गरेका छन्। कोरियोग्राफर गम्भीर विष्टको निर्देशन रहेको म्युजिक भिडियोमा विष्ट र जेविका कार्कीको अभिनय रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here