गर्भवती महिलाको पेटबाट बच्चासहित बन्दुकको गोली निस्केपछि

503

काठमाडौं– एकजना गर्भवती महिला व्यथाले च्यापेपछि अस्पताल भर्ना भइन् । अस्पताल गएपछि उपचार गर्दा डाक्टरहरुले जे दृश्य देखे त्यो वास्तवमा डरलाग्दो थियो । छिमेकी मुलुक भारतको बिहारको हाजिपुरमा एउटा अचम्मको घटना सार्वजनिक भएको छ । यहाँ एक गर्भवती महिलाले बच्चालाई जन्म दिइन् तर जब महिलाले बच्चा जन्माइन् तब डाक्टरको होस उड्यो । महिलाको पेटबाट बच्चासहित बन्दुकको गोली पनि निस्कियो ।

वास्तवमा हाजिपुरको सुल्तानपुरमा बस्ने रुपाले मंगलबार बेलुकी परिवारका सदस्यलाई पेट दुखेको बताइन् । जब उनीहरुले हेरे तब रुपाको पेट नजिकै एउटा घाउ देखियो । परिवारले त्यसलाई साधारण घाउ होला भनेर अस्पतालमा सुत्केरी गराउन भर्ना गरे । जब अस्पतालमा भर्ना भएकी रुपा सुत्केरी भइन् तब उनको पेटबाट बच्चासँग बन्दुकको गोली पनि निस्कियो । यो देखेर डाक्टर अचम्ममा परे । उनीहरुले प्रहरीलाई यसबारे जानकारी दिएर बोलाए ।

प्रहरीले सोधपुछमा महिलाले भने, ‘जब म अबेर राती ढोकामा बसेको थिएँ तब केही आवाज आयो । के भयो भनेर कसैले बुझ्न सकेनौं । त्यसको केही बेरपछि मेरो पेट दुख्न थाल्यो । परिवारले यसलाई प्रसव पीडा ठान्नुभयो र अस्पताल भर्ना गर्नुभयो ।’ यहाँ भाग्य नै भन्नुपर्छ कि गोलीले न त बच्चालाई केही हानी पुर्यायो न नै रुपालाई केही भयो ।

डाक्टरले पेटमा गोली लागेको बताए । पेटभित्र छिरेको गोलीले कुनै पनि आन्तरिक अंगलाई क्षती भएन । नगर थाना हाजीपुरका एसआई परशुराम सिंहले महिलाको पेटमा गोली लागेको खबर पाएपछि प्रहरी अस्पताल पुग्यो । यस्ता घटना विश्वमा विरलै हुन्छन्, अहिले घटनालाई लिएर प्रहरीले आवश्यक थप अनुसन्धान अगाडी बढाएको छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here