गत मे ११ मा डोमिनिकान रिपब्लिककी मारिया ट्रेनर अस्पताल भर्ना भइन्। विदा मनाउन पुन्टा काना गएकी मारिया ट्रेनर विदा मनाएर फर्किएपछि उनमा ढाँड दुख्ने समस्या र वाकवाकी आउने समस्या देखियो। आपत्कालिन कक्षमा उनलाई राखियो। ९ दिनपछि मारियाको होस खुल्यो। तब उनले थाहा पाइन्, उनको दुवै हात र खुट्टा काटिएको रहेछ।
डाक्टरलाई उनमा कुन रोग लागेको छ भनेर पत्ता लगाउन नै ७ दिन लागेको थियो। उनी टाढा भ्रमणका गएकीले विरामी भएकी होइन रहेछिन्। उनलाई कुकुरबाट रोग सरेको रहेछ।
मारियाले पालेको जर्मन सेफर्ड कुकुरले उनलाई चुम्बन गर्दा जिब्रोको माध्यमबाट ‘क्यापनोकिटोफागा कानिमोर्सस’ ब्याक्टेरिया उनको शरीरमा प्रवेश गरेको रहेछ।
अल्टम्यान अस्पतालकी डा. मार्गरेट कोबका अनुसार उपचारको क्रममा उनको छालाको रङ रातो तथा बैजनी रङमा परिणत भएको थियो, छालाका तन्तुहरु समस्या देखिए। ब्याक्टेरियाका कारण रगत सन्तुलनमा समस्या देखिए।
ब्याक्टेरिया त्यसपछि नाक, कान, खुट्टा अनुहार तथा शरीरमै प्रवेश गरेको डाक्टर कोबले जनाइन्। ब्याक्टेरियाले हात र खुट्टा दुवै नचल्ने बनाइसकेका थिए।
त्यसैकारणले मारियाको खुट्टा र हात काट्न बाध्य भएको अस्पतालले जनाएको छ। ब्याक्टेरियाको घातक संक्रमणका कारण मारिया त्यसबेला मृत्यु नजिकै पुगिसकेको जनाइएको छ।
आठ पटकको सर्जरीपछि हात र खुट्टालाई शरीरबाट हटाइएपछि उनको ज्यान जोगिएको जनाइएको छ।
हात खुट्टा गुमाएर पनि बाँच्न सफल मारिया ट्रेनरका अनुसार जर्मन सेपहर्डले सानो घाउमा चाटेको थियो। त्यहीबाट ब्याक्टेरियाको संक्रमण बढेको हो।
यस्ताखाले संक्रमण कुकुर, बिरालोबाट सर्ने चिकित्सकहरुले जनाएको छ। साथै विमारी कुकुर र विरालोसँग समेत नजिक नरहन भनिएको छ। सीएनएन

















