काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार किलो अवैध सुन बरामद गरिएको छ । भन्सार चेकजाँचका क्रममा प्रहरीले ४ किलो अवैध सुनसहित एक जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ ।
त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले सुनसहित ली निंछीलाई पक्राउ गरेको हो । हङकङ हुँदै काठमाडौं आएका उनको लगेजमा सुन भेटिएको प्रहरीले जनाएको छ ।

















