बागलुङ बडीगाडको तुरतुरे ताल फुट्यो

126

पोखरा– आइतबार रातिदेखि उर्लेको बडीगाड खोलाले अघिल्लो वर्ष पहिरोका कारण बनेको तुरतुरे ताल पनि फुटेको छ ।

बडिगाड उर्लेपछि त्यहाँ झण्डै २ सय मिटर दूरीको मध्यपहाडी लोकमार्गको सडक समेत बगाएपछि आवतजावत बन्द भएको छ ।

तालमा भएको पानी विस्तारै बढ्दै बग्न थालेकोले तटिय क्षेत्रका स्थानीयलाई सचेत हुन आग्रह गरिएको बाग्लुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले जानकारी दिए।

बडीगाड गाउँपालिका–९ र ढोरपाटन नगरपालिकाको सीमा क्षेत्रमा अघिल्लो वर्ष पहिरो जाँदा खोला थुनिएर ताल बनेको थियो। ढोरपाटन नगरपालिका–१ र बडीगाड गाउँपालिकाको भर्‍याङ क्षेत्रमा माथिबाट सुख्खा पहिरो खसेपछि खोला थुनिएको थियो। खोला थुनिएपछि ढोरपाटन नगरपालिका–२ को सिमलचौर क्षेत्रका केही घर डुबानमा परेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here