सरकारले भनेको वार्ता हौवा र नियोजित षड्यन्त्र : विप्लव

146

काठमाडौँ– विप्लव नेतृत्वको नेकपाले सरकारले वार्ताको हल्ला फैलाएको विषयमा आधिकारिक धारणा सार्वजनिक गर्दै सरकाले भनेको वार्ता हौवा र यो नियोजित षड्यन्त्र मात्र भएको जनाएको छ ।

नेकपाका प्रवक्ता समेत रहेका नेता प्रकाण्डले विज्ञप्ति जारी गर्दै यसबाट प्रभावित नहुन र त्यसको गोटी नबन्न सञ्चार माध्यमहरूसँग अनुरोधसमेत गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारको वार्ताको हौवा आफ्नो असफलता, पार्टीभित्र र सरकारमा उत्पन्न सङ्कटको अभिव्यक्ति हो । त्यो जनक्रान्तिमाथि भीषण दमन र षड्यन्त्रको तयारीको सङ्केत पनि हो । वार्ताको विषयलाई गम्भीरतापूर्वक नलिनु, औपचारिक पहल पनि नगर्नु र हाम्रो पार्टीलाई वार्ता विरोधी भनेर प्रचार गर्नुले त्यसलाई पुष्टि गर्दछ ।’

गत साउन १५ गते देशभर एनसेलमाथि गरेको आक्रमणलाई उच्चस्तरको कारबाही जनाउँदै एनसेलले देशको न्यूनतम कर्तव्य पूरा नगर्ने, कर छली गर्ने, सेवाग्राहीलाई चर्को शोषण गरिरहेकाले कारबाही गर्नुपरेको विज्ञप्तिमार्फत जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here