प्रदेश नं २ को प्रदेशसभा बैठकबाट लोक सेवा विधेयक पारित

186

धनुषा /  प्रदेश नं २ को मंगलबार बसेको प्रदेशसभा बैठकबाट लोक सेवा विधेयक पारित भएको छ ।

प्रदेश लोक सेवा आयोगको गठन काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको हो ।

झण्डै अढाइ महिनापछि प्रदेश लोक सेवा विधेयक पारित भएको हो ।

विधेयक पारित भएसँगै प्रदेश नं २ सरकारलाई लोक सेवा आयोगको गठन गरी कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ ।

प्रदेशसभामा पेश भएको यो विधेयकमाथि सैद्धान्तिक छलफल भई विशेष छलफलका निम्ति चार जना सांसद रहेको विशेष समितिमा पठाइएको थियो ।

विधेयकलाई सांसद परमेश्वर साह, रामाशिष यादव, रामसरोज यादव, गायत्री साहसहितको समितिले संशोधनसहित पारित गरेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here