राष्ट्रिय खेलकुद परिषद्ले नगरेको सहयोग गरेर देखायो जापानबाट राप्ती समाजले

107

-श्याम क्षेत्री
रोल्पा जिल्ला ह्वामा १ कर्तममा जन्मिएका हाल रोल्पा न.पा ४ लिवाङमा स्थाई बसोबास गर्ने झपारा टेबल टेनिस खेलाडि , गायक तथा संगितकार लोक केसी प्रतियोगितामा जापान आई सहभागी हुनु भयो।

बिगत लामो समयबाट खेलकुद क्षेत्रमा सक्रिय रहेका लोक केसी गत सालको पारा नेशनल च्याम्पियनशिप उपाधि बिजेता हुन् । त्यस पछि विभिन्न अन्तराष्ट्रिय खेलमा सहभागी जनाउदै आएका उनले सन् २०१८ मा इन्डोनेसियामा संचालित पारा एसियन गेम मा सहभागी भै थाईल्यान्ड माथि शानदार जित हासिल गरेको जनाए ।

हाल २३-२७ जुलाई २०१९ मा ताईवानमा संचालित पारा एसियन च्याम्पियनशिपमा सहभागी हुन ताईवान पुगेको र ताईवानको खेल पश्चात् जापानमा खुला पारा टेबल टेनिसमा सहभागी हुन जापान आएका थिए।

यहि ८-१० अगस्तमा पारा टेबल टेनिस बैङ्ककमा खुला तर्फ सहभागि हुन जापानबाट अगस्त ६ तारिख थाईल्यान्ड तिर जानु भएको जानकारी गराउनु भएको छ।

राष्ट्को झन्डा बोकेर देशकै तर्फबाट प्रतिनिधित्व गरिरहदा पनि राज्यको कुनै दायित्वबोध नभएको र राष्ट्रिय खेलकुद परिषदको पनि कुनै सहयोग नपाएकोमा अत्यन्तै दुख लागेको गुनासो पोख्नु भयो।

विभिन्न संघ सस्था र व्यक्तिगत सहयोग गर्ने सहयोगि मनका धनि व्यक्तिहरुको सहयोगले विभिन्न ठाँउको गेममा सहभागी हुदै आएको कुरा पनि व्यक्त गर्नुभयो।

यसै बिच जापानबाट राप्ती समाजका सल्लाहकार तारा प्रकाश बुढा मगरको पहलमा ९० हजार जापानी येन र सम्मानपत्रका साथ टेनिस खेलाडी लोक मगरलाइ आर्थिक सहयोग गरी बिदाई गरिएको कुरा राप्ती समाज जापानका कोषाध्यक्ष मनराज बिश्वकर्माले जानकारी गराउनु भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here